नियम १८
सूचीकरण सम्बन्धी व्यवस्था
: (१) यस नियमावली बमोजिम सेवा प्रवाह गर्न चाहने प्रचलित कानून बमोजिम स्थापना भएका स्वास्थ्य संस्थाले सूचीकरणको लागि बोर्ड समक्ष अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर बोर्डले आवश्यक छानबिन तथा सम्बन्धित स्वास्थ्य संस्थाको स्थलगत निरीक्षण गरी उपयुक्त ठानेमा सम्बन्धित निवेदक स्वास्थ्य संस्थासँग अनुसूची-८ बमोजिमको ढाँचामा सम्झौता गरी सेवा प्रदायकको रुपमा सूचीकरण गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम गरिएको सम्झौताको अवधि पाँच वर्षको हुनेछ।
(४) सेवा प्रदायकले उपनियम (३) बमोजिम सम्झौताको अवधि समाप्त हुनुभन्दा कम्तीमा दुई महिना अगावै नवीकरण गर्नको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निवेदन परेकोमा नियम १९ को अवस्थामा बाहैक बोर्डले आवश्यकता अनुसार उक्त सेवा प्रदायकको निरीक्षण वा अनुगमन गरी प्राप्त प्रतिवेदन समेतको आधारमा नवीकरण गर्न उपयुक्त देखेमा त्यस्तो सेवा प्रदायकको सम्झौता नवीकरण गर्न सक्नेछ ।